Don’t miss any of these symptoms for gall bladder cancer (पित्त थैली को क्यान्सरका लक्षणहरू)
पित्त थैलीको क्यान्सरले (gall bladder cancer) प्रारम्भिक स्टेजमा कुनै (symptoms) लक्षण नदेखाउन सक्छ। जब यो पत्ता लाग्छ तब ट्यूमर नजिकैका अंगहरू र लिम्फ नोडहरूमा वा शरीरको अन्य भागहरूमा फैलिएको हुन सक्छ। यसका लक्षणहरू (Symptoms of gall bladder cancer) यस्ता हुनसक्छन्: – पेटको माथिल्लो दायाँ भागमा दुखाइ ( Stomach Pain) – पित्त नलीको अवरोधबाट बिलिरुबिनको level उच्च हुन जान्छ जसको – कारणले जन्डिस (Jaundice) (छाला र आँखाको सेतो भाग पहेंलो हें हुनु) देखिनु। – छाला चिलाउनु, पिसाब गाढा पहेंलो हें हुनु र सामान्य भन्दा दिसा फरक हुनु। (yellow urine, skin problem) – भोक नलाग्नु वा बिना कारण तौल घट्ने। – पित्त नली अवरुद्ध भएर पित्त थैली ठूलो हुँदा वा क्यान्सर कलेजोमा फैलिँदा माथिल्लो दाहिने पेटमा गाँठो महशुश हुनु। – वाकवाकी लाग्नु र उल्टी हुनु। (vomiting) – पेट फुल्नु। (stomach swelling) – ज्वरो आउनु। (Fever) पि त्त थैली को क्यान्सरको उपचार (Treatment of gall bladder cancer) कस्ता हुन्छन्? Cholecystectomy पित्त थैलीको क्यान्सर भएको क्षेत्र हटाउन प्रयोग गरिने शल्यक्रिया हो। शल्यक्रिया गर्दापित्त थैली र वरपरका तन्तुहरू हटाइन्छ। केहि अवस्थामा कलेजोको केहि भाग पनि हटाउन सकिन्छ। शल्यक्रिया पछि, केमोथेरापी (chemotherapy) र विकिरण थेरापी (radiation therapy) बाँकी क्यान्सर कोशिकाहरूलाई मार्न प्रयोग गर्न सकिन्छ। पित्त थैलीको शल्यक्रियामा ल्याप्रोस्कोप (laparoscope) पनि प्रयोग गरिन्छ। ल्याप्रोस्कोपिक शल्यक्रिया गर्दा, ल्याप्रोस्कोपसँग जोडिएको क्यामेरालाई पेटमा चीरा पारेर छिराइन्छ। त्यसपछि सर्जिकल उपकरणहरू अन्य चिराहरू मार्फत छिराइन्छ। क्यान्सर फैलिएको र हटाउन नसकिने अवस्थामा निम्न प्रकारको palliative शल्यक्रिया गर्न सकिन्छ: Biliary bypass surgery सर्जरी: यो सर्जरी जब ट्युमरले सानो आन्द्रालाई रोक्छ र पित्त थैलीमा पित्त जम्मा हुन्छ तब गरिन्छ। शल्यक्रियाको क्रममा, पित्त थैली वा पित्त नली काटिन्छ र अवरुद्ध क्षेत्र वरिपरि नयाँ मार्ग बनाउनको लागि सानो आन्द्रामा जोडिन्छ। Endoscopic stent placement: जब पित्त नली ट्यूमर द्वारा अवरुद्ध हुन्छ तब Endoscopic stent राख्न सकिन्छ। यसले जम्मा भएको पित्तलाई निकासी गर्न मद्दत गर्छ। स्टेन्टहरू प्रायः क्याथेटरहरू मार्फत राखिन्छन् जुन शरीरको बाहिरी भागमा निस्कन्छ, वा अवरोध भएको भागको वरिपरि stent हालेर पित्तलाई सानो आन्द्रामा निकास गरिन्छ। FAQ Best Breast Cancer Diet-Tips and Tricks? MS (NMC Regd.2902) Dr.Kapendra Shekhar Amatya Head of the Department, Sr.Consultant Surgical Oncologist at Nepal Cancer Hospital and Research Center Director: Breast Cancer Program Interest: Breast Cancer Surgery, Gastro Intestinal Cancer Surgery (Stomach and Colo-Rectal Cancer) Consult now